Nepal's First Video FM

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

534

चैत १, नेपाल शैक्षिक परामर्श संघले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।

सोही संघबाट बंगलादेशमा चिकित्साशास्त्र पढ्न गएका १३ विद्यार्थीले पढाइ सम्पन्न गरेर फर्कने क्रममा दुर्घटनामा परी ज्यान गुमाएकामा उनीहरुले बुधबार साँझ दुःख व्यक्त गरेका थिए । दुर्घटनामा ज्यान गुमाएकाका आफन्त तथा परिवारप्रति समवेदना प्रकट गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरियो ।

संघका महासचिव सन्तोष प्याकुरेलले सो घटनामा परी देशका विभिन्न क्षेत्रका दक्ष जनशक्ति, होनहार तथा प्रतिभाशाली मानिसको मृत्यु भई अहिले मुलुक शोकाकुल भइरहेको भन्दै मृतात्माको चिर शान्तिको कामना गर्न कार्यक्रम गरिएको जानकारी गराए ।

ब्रिलियन्ट एजुकेशन एण्ड क्यारियरका निर्देशक एवं संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले उक्त दुर्घटनाका कारण अध्ययन पूरा गरेका १३ चिकित्सक, वरिष्ठ न्यूरो सर्जन तथा उद्योगीले ज्यान गुमाउन परेकाले देशलाई अपुरणीय क्षति भएको बताउँदै घाइतेको उचित उपचारको व्यवस्था गर्न आग्रह गरे ।

विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परी ५१ जनाको मृत्यु तथा २० जना घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

You might also like

Comments are closed.