Nepal's First Video FM

नवनियुक्त गृहमन्त्री बादलको निर्देशन: कोभिड नियन्त्रण गर्न सम्पूर्ण शक्ति लगाउनू

318

काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति कार्यालय शीलत निवासमा पद तथा गोपनियताको शपथ खाएपछि गृहमन्त्रालयमा पदवहाली गर्दै उनले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिएका हुन् ।

निधोषाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले कालो बजारी रोक्न सचेत गराए ।

मन्त्रालयमा उनलाई गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत कर्मचारीले स्वागत गरेका थिए ।

राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापा र खिमलाल देवकोटा ………

बदलिँदो राजनीतिले आसन्‍न राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत प्रभाव पार्ने भएको छ। नेकपा (एमाले)का दुई धार नजिकिएसँगै उक्त पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ पुनः निर्वाचित हुने देखिएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादीका साझा उम्मेदवार खिमलाल देवकोटालाई बनाइएको थियो। ओलीपक्षसँगको सहमतिपछि एमालेको माधव समूह गठबन्धनबाट बाहिरिने देखिएको छ।

चार पक्षको साझा उम्मेदवार बनेका देवकोटाले एमाले उम्मेदवार थापालाई पराजित गर्नसक्ने यसअघि आकलन गरिएको थियो। देवकोटा माधवपक्षीय हुन्।

संघीयताका जानकारसमेत रहेका उनलाई चार पक्षले साझा उम्मेदवार बनाएका छन्। बिहीबारबाट राजनीतिले अर्को रुप लिए पनि देवकोटाले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारिसकेका छन्।

१३ जिल्ला रहेको बागमतीमा ११९ स्थानीय तह छन्। ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता हुन्छन्। उनीहरुको कूल मतभार चार हजार २८४ हुन्छ। प्रदेश सभाका ११० सदस्य गरी ३४८ मतदाताले राष्ट्रिय सभाको उपनिर्वाचनमा भाग लिने छन्।

प्रतिव्यक्ति ४८ मतभार रहेका ११० प्रदेश सभा सदस्यहरुको कूल मतभार ५२८० रहेको छ।

प्रदेश सभामा एमालेका ५७ सांसद छन्। बादलको पक्षमा राप्रपा थपिए भने ५९ सांसद पुग्छन्। नेमकिपाले आफ्नै उम्मेदवार कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

नेमकिपाका दुई सांसद छन्। एमालेका सबै सांसदसहित राप्रपाले मत दिएको अवस्थामा थापाको पक्षमा दुई हजार ८३२ मतभार पुग्नेछ।

यता माओवादीका २३, कांग्रेसका २२, विवेकशील साझाका तीन र जसपाका एक सांसद छन्। एमालेइतरका सांसदले मात्रै देवकोटाको पक्षमा मत पाए भने ४९ जनाको मत उनले पाउँछन्।

त्यसअनुसार उनले सांसदबाट प्राप्त मतभार दुई हजार ३५२ हुन्छ। यसरी प्रदेश सभामा थापा र देवकोटाबीचमा ४८० अंकको मतान्तर देखिन्छ।

You might also like

Comments are closed.