काठमाडौं । देशमा दैनिक ८ हजारको रेसियोमा कोरोना नयाँ भाईरस संक्रमित देखिन थालेको छ , यस्तो परिस्थितीमा नेपाली फिल्मको गतिविधि पनि अहिले पूर्णरुपमा ठप्प छ ।
यसै बिच अभिनेत्री झरना थापाको पूरा परिवार अमेरिका हानिएको छ ।फिल्म निर्माता र कलाकार अहिले घरमै फुर्सदमा छन् ।
कतिपय कलाकार अक्सिजन सिलिन्डर वितरणमा लागिरहेका छन् । कतिपय कलाकार कोरोनालाई छल्न विदेशतर्फ लागिरहेका छन् ।
अभिनेत्री एवं निर्देशक झरना थापा, छोरी सुहाना र उनका पति एवं निर्माता सुनिलकुमार थापाल बुधबार राती अमेरिकातर्फ प्रस्थान गरेका छन् । ‘ए मेरो हजुर ४’ छायांकनपछि उनीहरु अमेरिका लागेका हुन् ।
सरकारले विहिबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि उनीहरु हतारमा त्यसतर्फ लागेका हुन् ।
झरनाकी छोरी अमेरिका रहेरै अध्ययन गर्छिन । थापा परिवार कोरोना साम्य भएपछि मात्र नेपाल आउने तयारीमा छ ।
Comments are closed.