काठमाडौं । हास्यकलाकार ,अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।
अस्पताल भर्ना भएलगत्तै श्वा’सप्रश्वासमा स’मस्या आएपछि अहिले उनको अक्सिजनको सहयोगमा उपचार भएको हो ।
दर्शकमाझ ‘प्वाक्क मुखमा हानु जस्तो’ थेगोबाट चिनिएका कलाकार पौडेलले लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा काम गरेका थिए ।
पछिल्लो समय उनी फिल्म अभिनयमा व्यस्त छन् । ‘छक्का पञ्जा, श’त्रु गते’ लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेका उनले फिल्म ‘लक्का जवान’ बाट निर्देशनमा डे’ब्यू गरेका छन् ।
अहिले कोरोनाका कारण कलाकार मदनकृष्ण श्रेष्ठ पनि उपचार गराइरहेका छन् ।नेपाली मनोरञ्जन दुनियाँका कलाकर्मी पनि यसको चपेटामा परेका छन् ।
यस्तै, कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने र उनकी छोरी पनि कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा छन् ।
नायिका शिल्पा मास्के, वर्षा राउत पनि कोरोनाका कारण आइसोलेसनमै छन् । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन पनि कोरोना संक्रमित भएका छन् ।
यस्तै,कलाकार सरिता लामिछाने निर्देशक ऋषि लामिछाने, निर्देशक तथा कलाकार दीपक आचार्य पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेसनमा छन् । नायिका केकी अधिकारी र गायक प्रकाश सपुतले भने कोरोनालाई जितेका छन् ।
Comments are closed.