Nepal's First Video FM

जसपाको बाबुराम-उपेन्द्र पक्षीय बैठक बोलाइयो

594

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक आज बस्दै छ ।

यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिवार दिउँसो १ बजे बस्न लागिएको उपेन्द्र यादव निकट स्रोतले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल र समीक्षा गरिने बताइएको छ । स्रोतका अनुसार राजधानीमा उपलब्ध कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको छ ।

बैठकका विषयमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षलाई भने जानकारी दिइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषय र नयाँ सरकार गठनका विषयमा जसपामा अध्यक्ष ठाकुर र यादव पक्षको मत बाझिएको यी दुई पक्षले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छुट्टाछुट्टै समूहमा छलफल थालेका छन् ।

You might also like

Comments are closed.