Nepal's First Video FM

प्रधानमन्त्री ओलीले प्रचण्डलाई दिए जवाफ – आफूले नसक्ने अरूले सरकार बनाउँदा प्रतिगमन देख्ने

276

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता चाहने शक्तिले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको शपथपछि पदबहाली गर्दै उनले आफ्नो सरकार बनाउन नसकेपछि अरूको सरकारलाई प्रतिगमन देख्ने भन्दै आक्रोश पोखे ।

“अस्थिरता चाहने तत्वले, मुलुकमा शान्ति देख्न नचाहने तत्वले लोकतान्त्रिक मूल्यमान्यता अनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थ सिद्धी गर्ने तत्वहरूले अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् ।

आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन यस्तो तथाकथित नक्कली का्रन्तीकारी,” उनले भने ।

अहिले पनि मूलुकमा प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरता खडा गर्न खोजेको पनि आरोप लगाए ।

शुक्रबार बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको विरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।

You might also like

Comments are closed.