काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने प्रचण्डको कोशिश विफल भएको टिप्पणी गरेका छन् ।
उनले कम्युनिस्ट सरकार फालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शिरमा बोक्न समेत नसकेको भन्दै प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् ।
आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले डेढ वर्षयता माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने रणनीतिमा प्रचण्ड लागेको आरोप समेत लगाए । उनले लेखेका छन्, माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढवर्ष लामो कोशिश कामै लागेन ।
थापाले देउवालाई सत्तामा पुर्याउन प्रचण्ड लागेको र कम्युनिस्ट सत्ता फालेर जग हँसाउन खोजेको आरोप समेत लगाए ।
सुर्य थापाले लेखेका छन्ः पुष्पकमल दाहाल डफ्फा मर्माहत बनेछ!माधव नेपालकाे ढाडमा टेकेर प्रधानमन्त्री ओलीकाे टाउकामा हान्ने डेढबर्ष लामाे काेशिस कामै लागेन।कम्युनिस्ट सरकार फाली देउवालाई शिरमा बाेकेर जग हँसाउन पाइएन,अनि निशानीले सालीका ससुराबाकाे पीडा पाेखेछन्
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता चाहने शक्तिले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रधानमन्त्रीको शपथपछि पदबहाली गर्दै उनले आफ्नो सरकार बनाउन नसकेपछि अरूको सरकारलाई प्रतिगमन देख्ने भन्दै आक्रोश पोखे ।
“अस्थिरता चाहने तत्वले, मुलुकमा शान्ति देख्न नचाहने तत्वले लोकतान्त्रिक मूल्यमान्यता अनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थ सिद्धी गर्ने तत्वहरूले अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् ।
आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन यस्तो तथाकथित नक्कली का्रन्तीकारी,” उनले भने ।
अहिले पनि मूलुकमा प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरता खडा गर्न खोजेको पनि आरोप लगाए ।
यो पनि …
जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको कार्यकारिणी समिति बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको छ । जसपामा यादव र ठाकुर गरी दुई अध्यक्ष रहेका छन् भने संघीय परिषद् अध्यक्षको रुपमा डा बाबुराम भट्टराई रहेका छन् ।
शनिबार अध्यक्ष यादवले आफ्ना पक्षका कार्यकारिणी सदस्य तथा संसदीय दलको बैठक राखेर ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेका हुन् । संसदीय दलको विधान विपरित पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ठाकुर पक्षले संसदीय दलको नेता चयन गरेको प्रति आपत्ति जनाउँदै सो बैठकले त्यो निर्णयलाई स्वीकार नगर्ने निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य एवं संसदीय दलका नेता इस्तियाक राईले रातोपाटीलाई बताए ।
पार्टीको अनुशासन उल्लघंन गर्ने काम अध्यक्ष ठाकुर र नेता महतोले गरेको निष्कर्ष बैठकले निकाले उनले बताए । भक्तपुरको रिसोर्टमा लगेर पार्टीका सांसदलाई थुनेर राख्नु, कुनै अर्को पार्टीका सांसदको उपस्थितिमा पार्टीका निर्णयहरु गराउनु पार्टीको अनुशासन विपरित कार्य भएको बताउँदै इस्तियाकले यस विषयमा ठाकुरसँग अन्तिमपटक छलफल हुने बताए । छलफलमा कुरा नमिले विधान अनुसार अगाडि बढ्ने निर्णय भएको उनको भनाइ छ ।
बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । भौतिक उपस्थितिमा सम्भव नभए भर्चुअल माध्यमबाट भएपनि केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट निर्णयहरु गर्दै अगाडि बढ्ने निर्णय भएको उनले बताए । ‘कुनै पनि निर्णय सर्वसम्मतिले भएन भने बहुमतका आधारमा अगाडि बढ्ने निर्णय भएको छ । त्यसअघि अध्यक्ष ठाकुरसँग अन्तिम पटक छलफल गरिन्छ’, उनले भने ।
आधिकारिक देखाउन हानथाप
यता विवादका बीच दुई समूहमा आफूलाई आधिकारिक देखाउन प्रतिस्पर्धा देखिएको छ । आज यादव समूहले बोलाएको बैठकलाई अवैध भएको दावी गर्दै ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन् । ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’
शुक्रबार बिहान मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको विरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।
यादव समूहले पनि महतोलाई संसदीय दलको नेता चयन नगरिएको भन्दै विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी संसदीय दल हालसम्म समायोजन नभएको साथै दलको विधान समेत नबनेको तथा जसपाको अन्तरिम विधान २०७७ को धारा २८ को उपधारा ३ बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले सो समाचार भ्रमपूर्ण रहेको छ ।’
Comments are closed.