काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्।
पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् ।
खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन्।
ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार त्यहाँको स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपालमा अक्सिजन सिलिन्डर पठाएका छन् । नेपाल एयरलाइन्सको वाइड बडीमार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइएको छ ।
राजदूत पराजुलीले यस्तो कोरोना कहरको घडीमा नेपाली श्रमिकले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेकी छन्। साथै, खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरिन् ।
शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
यो पनि …
गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।
शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए ।
बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६:४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।
त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । त्यहाँको सिलिण्डर उत्पादनको अवस्थालाई हेरेर कतिदिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।
यस्तै चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाँदै छ ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।
यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।
यो पनि पढ्नुहोस
पहिलो खेपमा चीनबाट थोरै अक्सिजन सिलिण्डर किन आयो ?
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले २८ वैशाखमा चीनको राजधानी बेइजिङबाट ४ सय थान अक्सिजन सिलिण्डर काठमाडौं ल्यायो ।
जहाजमा १६० अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर गरी कुल २६ टन मात्र सामान नेपाल आयो । वाइडबडी जहाजको क्षमता ३५ टनसम्म कार्गो बोक्न सक्ने हो । तर, किन क्षमता भन्दा कम सामान नेपाल आयो ?
नेपाल वायुसेवा निगमका महाप्रवन्धक डीमप्रकाश पौडेलका अनुसार नेपालमा अस्पतालहरुमा अक्सिजनको हाहाकार भई अकालमा ज्यान गुमाइरहनु परेको अवस्थामा तत्काल सिलिण्डर ल्याउनुपर्ने चूनौति थियो । तर, चीनमा सिलिण्डरको उत्पादन नै भएको थिएन । अहिले चीनले अनुदानमा दिएका यी सिलिण्डर उद्योगबाट सिधै ल्याइएको हो । उद्योगले दैनिक ४ सय सिलिण्डरमात्र डेलिभरी गर्न सक्ने जानकारी गराएको छ । सोही कारण पहिलो उडानमा क्षमता अनुसार सिलिण्डर नआएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।
सिलिण्डरमात्र बोक्दा वाइडबडी जहाजले एकै पटकमा साढे ७ सय हाराहारी बोक्न सक्ने देखिएको उनले जानकारी दिए । तर, सिलिण्डर नै तयार नभएका कारण जति सिलिण्डर तयार थियो त्यति नै ल्याएर आएको उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा प्राप्त हुँदैछ । यी सिलिण्डर सबै नेपाल आइपुग्दा ठूलो राहत हुने अनुमान छ ।
दोस्रो खेप सिलिण्डर तयार भयो : दूतावास
नेपालस्थित चिनियाँ दूतावासका अनुसार बेइजिङमा नेपालले पाउने सिलिण्डरको दोस्रो खेप तयार भएको छ । दूतावासले केही दिनमै यी सिलण्डिर काठमाडौं आउने बताएको छ । यद्यपि यो खेपमा कति सिलिण्डर तयार भएको छ भन्ने संख्या भने खुलेको छैन ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ फेरि बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।
उनका अनुसार अब हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने जानकारी उद्योगले दिएको छ । सोहीआधारमा सिलिण्डरको डेलिभरी हुनेछ ।
एक उडानको सवा २ करोड भाडा
नेपालको राजधानी काठमाडौंबाट चीनको राजधानी बेइजिङ पुगेर कार्गोसहित काठमाडौं अवतरण हुँदा नेपाल वायुसेवा निगमले एक उडानको सवा २ करोड भाडा तय गरेको छ । ‘एकतर्फी करिब साढे ७ घण्टा निरन्तर उड्नुपर्ने यो रुटमा कम्पनीले लागतमात्र उठ्ने गरी न्यूनतम भाडा तय गरेको बताएको छ ।
सोहीकारण हरेक उडानबाट अधिकतम क्षमतामा सिलिण्डर ल्याउन सकियोस् भन्ने प्रयास गरेको उनले बताए । अघिल्लो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य खटिएका थिए ।
यूरोप, अमेरिकामा बस्ने नेपालीबाट सिलिण्डिर पठाउन जहाजको माग
नेपाल एयरलाइन्सको जहाज शनिबार ओमानको राजधानी मस्कट जाँदैछ । यो जहाजले ६ सय थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याउने छ । यी सिलिण्डर गैरआवासयि नेपाली संघ र नेपाली दूतावासको सहयोगमा नेपाल ल्याउन लागिएको हो ।
पौडेलका अनुसार गैरआवासीय नेपालीहरु तथा नेपाली नागरिक रहेका मुलुकहरुमा नेपालीहरुकै पहलमा संकलन गरी सिलिण्डर नेपाल पठाउन जहाजको उच्च माग आएको छ । तर, यस्तो माग अमेरिका, यूरोप, अष्ट्रेलियाजस्तो मुलुकबाट बढी रहेको छ ।
७० किलो बराबरको एक सिलिण्डरलाई टाढाको गन्तब्यबाट जहाजमा नेपाल ल्याइपुर्याउन खर्चिलो हुने भन्दै उनले विदेशमा दुःख गरी कमाएको रकम ढुवानीमै बढी खर्च हुने उल्लेख गरेका छन् । सोहीकारण अक्सिजन सिलिण्डरभन्दा सम्भव भए अक्सिजन जेनेरेटर नेपाल पठाउन पहल गर्न उनले नेपाली समुदायसँग आह्वान गरेका छन् ।
Comments are closed.