Nepal's First Video FM

बाँकेमा कोरोना महामारी झन् भयावह बन्दै-एक महिनाभित्र २ सय बढीको निधन

319

बाँके । दोस्रो चरणमा नयाँ भेरियन्टसहित फैलिएको कोरोना संक्रमणबाट बाँकेमा एक महिनाभित्र २ सय ४२ जनाको मृत्यु भएको छ।

बाँकेमा गत वैशाख १ गतेदेखि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा फैलिएको थियो।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार वैशाख १ गतेदेखि ३१ गतेसम्म मृत्यु भएका २ सय ४२ मध्ये १ सय ४१ पुरुष र १ सय १ जना महिला रहेका छन्। यसमध्ये बाँकेका मात्रै १ सय ६७ जना छन्। बाँकेका ९४ जना पुरुष र ७३ जना महिलाको एक महिनाभित्र मृत्यु भएको छ।

केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा बाहिरी जिल्ला समेतका गरी वैशाख १ देखि ४ गतेसम्म १/१ जना, वैशाख ५ गते ४ जना, ६ गते २ जना, वैशाख ७ देखि ९ गतेसम्म ३/३ जना, १० गते २ जना, ११ गते ६ जना, वैशाख १२ गते १० जना, १३ गते ५ जना, वैशाख १४ गते १० जना, १५ गते ४ जना, वैशाख १६ गते १२ जना, १७ गते ८ जनाको मृत्यु भएको छ। यस्तै वैशाख १८ गते ९ जना, १९ र २० गते १२/१२ जना, २१ गते ६ जना, २२ गते ४ जना, २३ गते १६ जना, वैशाख २४ गते ११ जना, २५ गते ९ जना, २६ गते १७ जना, २७ गते ७ जना, वैशाख २८ गते १८ जना, २९ गते १६ जना, ३० गते १४ जना र ३१ गते १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यसैगरी बाँकेका मात्रै वैशाख २, ५ र ६ गते १/१ जना, वैशाख ७ र ८ गते ३/३ जना, वैशाख ९ गते २ जना, १० गते १ जना, वैशाख ११ गते ६ जना, १२ गते ८ जना, वैशाख १३ गते ४ जना, १४ गते ७ जना, वैशाख १५ गते ४ जना, १६ गते ९ जना, १७ र १८ गते ५/५ जना, १९ गते ९ जनाको मृत्यु भएको छ। त्यस्तै वैशाख २० गते १० जना, २१ गते ४ जना, २२ गते ३ जना, वैशाख २३ गते १४ जना, वैशाख २४, २५ र २६ गते ९/९ जना, २७ गते ५ जना, २८ गते ७ जना, वैशाख २९ गते १० जना, ३० गते ९ जना र ३१ गते ८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

You might also like

Comments are closed.