Nepal's First Video FM

खुसीको खबर : चिनियाँ खोप आजदेखि आम नेपालीले लाउन पाउने,कहाँ कहा लगाइन्छ? पढ्नुहोस

8,190

काठमाण्डाै – सरकारले आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने भएको छ ।

काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खोप सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

गएको चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई आजदेखि आउँदो ११ गतेसम्म दोस्रो खोप लगाइनेछ ।

पहिलो मात्रा लिएका १८ देखि ५९ वर्ष उमेरका व्यक्तिले आफूले पायक पर्ने ठाउँमा गएर दोस्रो मात्राको खोप लिन सक्ने खोप शाखाले जनाएको छ ।

अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो ।

त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको छ ।

यो पनि …

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ (ध्वस्त) भयाे भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स भयो ? हेल्थ सिस्टम, मेडिकल सिस्टम नै काेल्याप्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्‍याे ।’

सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै उहाँले परीक्षणको व्यवस्था नै नभएको देशमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताउनुभयो ।

महामारीको पूर्वतयारी कुनै पनि देशमा नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो । साथै उहाँले सबैलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा सङ्गठित भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैर–सरकारी संस्था, गैर–आवासीय प्रतिनिधिलगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र सङ्गठित ढङ्गले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढङ्गले होइन ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गर्नुभयो ।

यस्तै परराष्ट्रमन्त्री एवं कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको उनले बताए ।

पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको उपलब्धता, अक्सिजन ब्यवस्थापन, राजनीतिक गतिरोध र नागरिक समाजका गतिविधि लगायतका बिषयमा सरकारी घारणा प्रस्तुत गरेका छन् ।

अहिलेका अक्सिजन हाहाकारका सम्बन्धमा मन्त्री ज्ञवाली भन्छन्, ‘महामारीले अक्सिजन उत्पादनमा पार्ने दबाबको आकंलन गरेर तयारी गर्न हामी पछि परेको देखियो ।’

You might also like

Comments are closed.