Nepal's First Video FM

पल शाहको आक्रोस – अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु !

958

नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ ।

उनै, पल शाह नेपाल सरकारले गरेको एक निर्णयले आक्रोशित भएका छन् । कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय पर्यटनमन्त्री भानुभक्त ढकालले गरेसँगै पल आक्रोशित भएका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘सरकारले ४ सय रुपैयाँको अक्सिजन दिन छोडेर, जनता तिमी मर, म तिम्रो लास जलाउनेका लागि एक हजार भत्ता दिनेछु । वाह सरकार तिम्रो नियत ।’

पलले कोभिडका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । उनले अक्सिजनका कारण कसैको पनि ज्यान नजाओस् भन्नका लागि आफूहरु लागिपरेको पनि उल्लेख गरेका छन् ।

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन शुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो ।

वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो । त्यसका लागि प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

मेसु गौतमका अनुसार जडान गर्न लागिएको प्लान्टले दैनिक चार हजार लिटर अक्सिजन उत्पादन गर्नेछ । “युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरेकी छु”, मेसु गौतमले भन्नुभयो ।

भक्तपुर अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । गत वर्ष प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल सो अस्पतालमा हाल ६५ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको उपचारका लागि ७५ श्ययासम्म विस्तार गरिसकेको यो अस्पतालले केही श्यया कटौती गरिसकेको छ । अक्सिजनको अभावलाई न्यूनीकरण गर्न मेसु डा गौतमले तराईका जिल्लाबाट समेत अक्सिजन ल्याएर बिरामीको उपचार गरिएको बताउनुभयो ।

मेसु डा गौतमले अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मीसमेत कोरोना सङ्क्रमित रहेका जानकारी दिँदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदायसँग अपिलसमेत गर्नुभएको छ ।

You might also like

Comments are closed.