Nepal's First Video FM

सुखद समाचार : चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

313

काठमाडौं । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो ।

नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । यस अघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ ।

थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ ।

कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।

हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले जानकारी दिए ।

कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा सरकार केन्द्रित रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

यो पनि

सरकारले आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खोप सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

गएको चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई आजदेखि आउँदो ११ गतेसम्म दोस्रो खोप लगाइनेछ । पहिलो मात्रा लिएका १८ देखि ५९ वर्ष उमेरका व्यक्तिले आफूले पायक पर्ने ठाउँमा गएर दोस्रो मात्राको खोप लिन सक्ने खोप शाखाले जनाएको छ ।

अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो ।

त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको छ ।

You might also like

Comments are closed.