Nepal's First Video FM

बजारमा आएको बिक्रितिबारे ट्रंपले दिए यस्तो प्रतिक्रिया

470

माघ १३, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापारकासम्बन्धमा ‘अमेरिका पहिलो’ नीति नै अवलम्बन गरिने प्रष्ट पारेका छन् । स्विटजरल्याण्डको डाभोस शहरमा विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरुबीच उनले ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गर्दै अनुचित व्यापार नसहने चेतावनी दिए ।

अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै ट्रम्पले अब त्यसप्रति अमेरिका चुप लागेर नबस्ने बताएका हुन् । व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिनुको मतलब अमेरिका एक्लैमात्र पहिलो भन्ने नभएको उनको भनाइ थियो ।

अरु देशका नेताले पनि आ–आफ्ना देशलाई पहिलो स्थानमा राख्दा हुने उनको सल्लाह छ ।

You might also like

Comments are closed.