Nepal's First Video FM

आइतवार पहिलो घण्टामा १.०६ % ले बढ्यो नेप्से

226

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २८ दशमलव ३४ अंकले बढेर २ हजार ७१२ दशमलव ४३ विन्दुमा पुगेको छ ।

२ हजार ६९३ दशमलव ९१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव शून्य ६ प्रतिशतले बढेको हो ।

पहिलो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको २९ हजार ७३८ पटकको कारोबारमा ५१ लाख १७ हजार १३८ कित्ता शेयरको रू. २ अर्ब ५४ करोड ४ लाख १ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा रु रु जलविद्युत् परियोजनाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त, सप्तकोशी डेभलपमेण्ट बैंक, प्रोग्रेशिभ फाइनान्स र शिखर इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३१ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६३८ मा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.