Nepal's First Video FM

रास्ट्र सेबक नेपाल प्रहरीले गर्यो महान काम- ८ हजार ७३९ अक्सिजन सिलिण्डर संकलन

298

काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट हालसम्म ८ हजार ७३९ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबारसम्म देशभरबाट प्रहरीले ८ हजार ७३९ वटा अक्सिजन सिलिण्डर संकलन गरेर कोभिड अस्पतालहरुलाई प्रदान गर्दै आएको जनाएको छ ।

गृह मन्त्रालयले केही दिनअघि गरेको सर्कुलर अनुसार प्रहरीले देशभरबाट अक्सिजन सिलिण्डरहरु संकलन गर्दै कोभिड अस्पताल तथा अक्सिजन प्लान्टहरुलाई उपलब्ध गराउँदै आइरहेको छ ।

प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट ५ सय ३६ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको छ । शनिबारदेखि आइतबार साँझसम्म २ सय ३७ वटा भरिएका र २ सय ९९ खाली सिलिन्डर गरी देशभरबाट ५ सय ३६ अक्सिजन सिलिण्डर संकलन गरेको हो ।

यसरी संकलन गरिएका र यसअघिको स्टकरहेका १ सय ९ वटा गरी जम्मा ६ सय ४५ वटा सिलिन्डरमध्ये आइतबार ५ सय ८६ वटा सिलिण्डर विभिन्न कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको जनाएको छ ।

बाँकी रहेका ५९ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरीले भनेको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले वैशाख २६ गतेदेखि सिलिण्डर संकलन गर्न शुरु गरेको थियो ।

कोरोना संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि प्रहरीले अस्पतालबाहेकमा रहेका अक्सिजन सिलिण्डर संकलन गर्ने अभियान नै चलाउँदै आइरहेको छ ।

You might also like

Comments are closed.