Nepal's First Video FM

आईसीयू र अक्सिजन नपाएका बिरामीलाई – बिनोद चौधरीले गर्दै छन यतिधेरै सहयोग !

401

काडमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ ।

फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय पनि गरेको छ । र यी निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा रहेको पनि फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्ने र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको हो ।

त्यसैगरी फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको पनि फाउन्डेसनले जानकारी दिएको छ ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटरप्रति घण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने र अक्सिजन प्लान्ट केही दिनभित्रै आयात गर्ने जनाएको छ ।

धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन् । यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

उनले बिरामीको जीवन रक्षा गर्नु, यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण जुटाउन आफू अग्रसर भएको बताए ।

यो पनि ………..

शेरबहादुर देउवाकी श्रीमती आरजुले गरिन करोडौ नेपालीको मन जित्ने काम अक्सिजन प्लान्ट खरिदको लागि १० लाख सहयोग !

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् ।

कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा यहाँका उद्योगी, व्यवसायी लगायतकाले सहयोग गरिरहेका छन् ।गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । तर अक्सिजन उत्पादन सुरु हुन भने केही दिन लाग्ने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

‘अस्पतालको नयाँ बन्दै गरेको भवनमा प्लान्ट जडान गर्नकै लागि छुट्टै कोठा बनेको छ, त्यही कोठामा प्लान्ट जडान गरेका हौं’ उनले भने ।अक्सिजन पाइपलाइन विस्तारको काम बाँकी रहेको ढकालले बताए । ‘नयाँ भवनको बिरामी भर्ना हुने सबै वार्डमा स्थायी रुपमा पाइपलाइन जडान भइसक्यो तर, भवनको काम सकिएको छैन, त्यसैले अहिले संक्रमितको उपचारका लागि बनाइएको आइसोलेसन वार्डमा अस्थायी रुपमा पाइपलाइन जडान गरेर अक्सिजनको व्यवस्था गर्न लागेका हौं,’ उनले भने ।

प्लान्टबाट अक्सिजन उत्पादन र पाइपलाइन जडान भएपछि अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितको उपचारमा सहज हुने अस्पतालको भनाइ छ ।

हाल अस्पतालमा संक्रमितका लागि निर्माण गरिएको आइसोलेसनमा १४ बेड छन् र चार जना संक्रमित उपचाररत छन्

हाल अस्पतालमा गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ वटा एचडीयू बेड जडानको काम पनि भइरहेको छ । अक्सिजन प्लान्ट जडानका लागि गोरखा अस्पतालमा गत बर्ष गण्डकी प्रदेश सरकारबाट ४९ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।

तर अस्पतालको नयाँ भवन निर्माण पूरा नहुँदा प्लान्ट जडान हुन नसकेको हो ।

‘गत असोजमा भवन बनिसक्छ अनि प्लान्ट जडान गर्ने भन्ने थियो, तर भवनको काम सकिएन, अहिले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बढी चाहिने भयो, त्यसैले प्लान्ट जडान गरेका हौं,’ सूचना अधिकारी ढकालले भने ।

जडान गरिएको प्लान्टबाट प्रति मिनेट ८० लिटर अक्सिजन उत्पादन हुने उनले बताए । ‘प्लान्ट जडान गरेर उत्पादन शुरु भएपछि एकै पटक कम्तीमा दश जनालाई अक्सिजन दिन मिल्छ,’ उनले भने ।

हाल गोरखा अस्पतालमा चितवनबाट अक्सिजन ल्याउने गरिएको छ । ‘यहीँ उत्पादन हुन थालेपछि बाहिरबाट ल्याउनुपर्ने भार पनि कम हुन्छ’ ढकालले भने ।

You might also like

Comments are closed.