चैत १, म राजा बन्थे तिम्रो, तिमी मेरो रानी,
यतियति पानी, गंगा रानी,
बालुवाको महल हुन्थ्यो, ढुंगाको छोरा–छोरी
हामी जोडी भए, जिस्काउँथे मोरा–मोरी
साथीभाइ जम्मा पार्ने सधै काम मेरै हुन्थ्यो,
तिम्रो हात पल्टाई हेरे नाम मेरै हुन्थ्यो,
सबले जिस्काउँदा नामले मेरो रुन्थ्यौँ जानी–जानी,
यति यति पानी गंगा रानी …
नेपाली सांगीतिक क्षेत्रमा चलचित्र ‘कृ’ को यो गीतले पाएको चर्चासँगै मिस्टर आरजे (राजेन्द्र भट्ट) पनि चर्चामा छन् । युट्युबमा ८७ लाखभन्दा बढी हेरिएको चलचित्र ‘कृ’को यो गीतमा मिस्टर आरजेले शब्द, संगीतसँगै ¥याप दिएका थिए ।
गीतकै कारण पनि उक्त चलचित्र पछिल्लो समय बढी चर्चामा रहेपछि आरजेको समेत सांगीतिक क्षेत्रमा माग बढेको छ । यो सँगै उनको एकाएक चर्चा चुलिएको छ ।
यसअघि पनि थुप्रै म्युजिक भिडियो र चलचित्रका धेरै गीतमा शब्द, संगीत र ¥याप दिइसकेका आरजे यतिबेला प्रदेश नं ७ मा भइरहेका विभिन्न मेला, महोत्सवमा माहोल तताइरहेका छन् ।
“यतियति पानी बोलको गीत यति धेरै चर्चामा आउला भन्ने सोचेको थिएन”, कञ्चनपुरको दोधारा–चादँनी घर भएका मिस्टर आरजेले भने, “मैले दोधारा–चाँदनीमा बिताएको बाल्यकाल सम्झेर गीत लेखेको हुँ ।”
प्रेम र द्वन्द्वमा आधारित चलचिल ‘कृ’मा उक्त गीत आउनुअघि बजारमा आएको ‘कम्मरको ट्याटुले’का कारण आरजे चर्चामा आइसकेका थिए ।
उक्त गीतमा ‘बाबा’को भूमिकामा देखिएका आरजेलाई पछिल्लो समय दर्शकले ‘आरजेबाबा’ भनेर सम्बोधन गर्ने गरेका छन् । ‘कम्मरको ट्याटुले’ बोलको गीत युट्युबमा छोटो समयमै ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।
विसं २०६७ देखि कलाकारिता क्षेत्रमा संलग्न भएका आरजेले केही समय महेन्द्रनगरमा रेडियो पत्रकारिता समेत गरेको थियो । काठमाडौँ बसाइ बनाएपछि ‘श्रीसंगीत पाठशाला’मा संगीतको ज्ञान आर्जन गर्न पुगेका आरजे अझै संगीत सिकिरहेको बताउछन् ।
‘धौलीको ब्या’, ‘दारु सड्काउने’ ‘आमैले भन्थिन्, धाराको पानी’ लगायतका गीतमा डोटेली भाषालाई ¥याप बनाएर पस्किएका कारण गीत बढी चर्चामा आएको उनले बताए ।
गिती एल्बम ‘राश’मा शब्द संगीत दिएर यस क्षेत्रमा प्रवेश गरेका आरजे गुगल र युट्युबमा हेर्दै ¥याप सिकेको बताउछन् । “पहिलेकोे ¥यापमा नाच्न सकिने खालका धेरै कम गीत थिए,” उनले भने, “नाच्न सक्ने टे«ण्डका ¥याप गीत हामीले नै बजारमा पस्केका हौँ ।”
नेपाली सांगीतिक क्षेत्रमा चल्तीका अधिकांश कलाकारसित काम गरिसकेका आरजे अनुबन्धित पाँच वटा चलचित्रको काम सकेर अझै नौलो सांगीतिक प्रस्तुति बजारमा ल्याउने तयारीमा छन् ।
हालसम्म देशभरका करीब दुई हजार ५ सय भन्दा बढी मेला/महोत्सवमा स्टेज कार्यक्रम गरिसकेका आरजे जनचाहना अनुसार गीत बनाउँदै जाने बताउछन् ।
Comments are closed.