Nepal's First Video FM

आज सोमबार कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको निधन ९,२४७ जनामा संक्रमण

296

काठमाण्डाै – गएकाे २४ घण्टामा नेपालमा नौ हजार दुई सय ४७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

२१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी दुई सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार दुई सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ६७ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार चार सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

You might also like

Comments are closed.