बुटवल, मृत्युसँग लडिरहेका कोभिड–१९ संक्रमित र अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई परिसरमै तातो पानी, ज्वानोको झोल, चिया र अण्डा ।
महाविपत्तिका बेलामा यस्तो मानवीय कार्य ? नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संक्रमण भएर भीम अस्पतालमा रहेका बिरामीका लागि यस्तो सुविधा सुरु गरेको हो ।
शनिबारदेखि सुरु गरिएको खाजा कार्यक्रम केही दिनसम्म निरन्तरता दिने पार्टीका नगर इञ्चार्ज तीरबहादुर रोकायले बताए । दिनको तीन पटक बिहान, दिउँसो र साँझ बिरामीलाई आवश्यकताअनुसार तातो पानी, बेसार पानी, ज्वानोको झोल, चिया र अण्डा वितरण गरिएको छ ।
अस्पतालमा भर्ना भएका बिरामी र बिरामी कुरुवाहरूका लागि आवश्यक पर्ने खानेकुराहरू स्थानीय बजारमा निषेधाज्ञा जारी भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रूपमा वितरण गरेको रोकायले बताए ।
महामारीको बेलामा आपत्तमा परेका बिरामीहरूका लागि मानवताको हिसाबले सहयोग गरिएको माओवादी केन्द्रका नेता फैज अहमद खानले बताए । होटलहरू समेत बन्द भएकोले भोक बस्न बाध्य बिरामीका आफन्तहरूलाई समेत राहत मिलेको छ ।
Comments are closed.