काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।
साेमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडै संसदबाट विस्वासको मत लिने जानकारी पनि उनले गराए ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए।
उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे।
उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाए । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरे।
उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए।
जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उनले जारी गरेको सूचनामा भनिएको छ।
यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने बताए।
मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ ।
आजमात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किएका छन्।
यो पनि ……
चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइरहेको छ ।
अहिले कोरोना विरुद्ध आफ्ना नागरिकरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र सबैभन्दा पहिला खोल्ने दाउमा विश्वभर खोप अभियान चलिरहेको छ । यस्तोमा दैनिक खोप लगाउनेको संख्याको आधारमा चीन सबैभन्दा अगाडि देखिएको हो ।
पछिल्लो समय चीनको पूर्वी प्रान्तमा अन्हुई र उत्तरपूर्वी लियाओनिङ प्रान्तमा कोरोनाका संक्रमित बढेसँगै चीनले आफ्नो खोप अभियानलाई तीव्रता दिएको हो । सामाजिक सञ्जालहरुमा राखिएको भिडियोमा मानिसहरु खोप लगाउन निकै उत्साहित देखिएका छन् । खोप केन्द्रअघि भारी वर्षा भइरहेको समयमा पनि लामो लाइन देख्न सकिन्छ ।
अन्हुई प्रान्तको राजधानी हेफेईमा शुक्रबार तीन लाख ६० हजार डोज कोरोना खोप दिइएको थियो । एक करोड मानिसको जनसंख्या रहेको यो सहरमा शुक्रबार सबैभन्दा धेरै मानिसले कोरोना खोप लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिले चीन दैनिक २ करोड डोज कोरोना खोप दिनसक्ने अवस्थामा छ
अहिले चीनसहितका धेरै एसियाली मुलुकहरु मानिसहरुमा रहेको खोपप्रतिको अविश्वास हटाउन संघर्ष गरिरहेका छन् । केही मानिसहरु आफ्नो क्षेत्रले यसअघि देखिएको कोरोना संक्रमण हटाउन सफल भएको भन्दै अब कोरोना नलाग्नेमा ढुक्क भएर बसेका छन् भने केही मानिसहरु उपलब्ध कोरोना खोपमा विश्वास गर्दैनन् । यद्यपि पछिल्लो सिंगापुर र ताइवानजस्ता मुलुकमा फैलिएको कोरोना संक्रमणको कारण निकै कडा लकडाउन गरिएको र सबै मानिसहरुलाई खोप लगाउँदै कोरोनाको गम्भीर लक्षण देखिनबाट बचाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
चीन अमेरिका र अन्य पश्चिमा मुलुकभन्दा पहिला कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रण गरेकाले प्राप्त भएको फाइदा गुमाउन चाहँदैन । त्यसैले चीनले सबै नागिरकलाई कोरोना खोप दिनको लागि दबाब दिन सक्छ ।
चीनको नेशलन हेल्थ कमिसनको तथ्यांकअनुसार शुक्रबार चीनमा एक करोड ३७ डोज कोरोना खोप दिइएको थियो । यसको अर्थ अहिले चीन आफ्ना ४० प्रतिशत मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यनजिक देखिएको छ । त्यसका लागि उसले जुन महिनाको अन्तिम सम्ममा ५६ करोड डोज कोरोना खोप दिनुपर्ने हुन्छ । आइतबारसम्मको तथ्यांकअनुसार अहिलेसम्म ३९ करोड ३० लाख डोज कोरोना खोप दिइएको छ । जसमध्ये २१ करोड डोज खोप पछिल्लो एक महिनामा दिइएको हो । यो तथ्यांकले पछिल्लो समय चीनमा कोरोना खोप अभियान निकै तीव्र गतिमा बढिरहेको देखाउँछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिले चीन दैनिक २ करोड डोज कोरोना खोप दिनसक्ने अवस्थामा छ ।
‘संकोच नमानौं, खोप लगाऔं’, सिन्ह्वा न्युज एजेन्सीले आफ्नो आधिकारिक वीच्याट एकाउन्टमा लेखेको छ, ‘नयाँ संक्रमित भएका मानिसलाई कोरोना खोप लगाइँदैन, त्यसैले अन्य मानिसहरुको लागि यो खतराको घन्टी हो । प्रतिरक्षाको पर्खाल बनाउन खोप अभियान कुनै विकल्प होइन, यो त एकमात्र उपाय हो ।’
आगामी वर्षसम्ममा चीनले ९० करोडदेखि एक अर्ब मानिसहरुलाई कोरोना खोप दिने अपेक्षा छ । त्यतिबेलासम्म चीनले हर्ड इम्युनिटीको विकास हुने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख जर्ज फु गाओले बताएका छन् ।
चीनले कुनै पनि क्षेत्रमाका संक्रमितको संख्या १० भन्दा कम भए पनि विश्वको कुनै पनि मुलुकको तुलनामा निकै कडा किसिमको लकडाउन गर्दै मानिसहरुलाई क्वारेन्टिनमा राख्दै आएको छ । पछिल्लो समय केही नयाँ संक्रमित भेटिएसँगै चीनले लियाओनिङ प्रान्तस्थित यिन्कोउ सहरमा विद्यालयहरु बन्द गरेको छ । त्यस्तै अन्हुई प्रान्तको मानव बस्ती रहेको स्थानमा मानिसहरुलाई घरको कम्पाउण्डभन्दा बाहिर जाने अनुमति दिइएको छैन ।
क्यान्सिनो बायोलोजिक्स इंक कम्पनीको शेयर सोमबार हङकङमा १०.२ प्रतिशत बढेको छ । त्यस्तै सेन्जेन परिसूचकमा चोङकिङ जोफेई बोयोलोजिक्सको शेयर पनि ७ प्रतिशत बढेको थियो ।
ब्लुमबर्गबाट अनुदित
Comments are closed.