चैत १, जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोट अन्तर्गतको प्लेअफ खेलमा अहिले नेपालले पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।
टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीको ६ विकेट गएको छ । खेलमा नेपालका लागि सन्दीप लामिछानेले एक्लै लगातार चार विकेट लिएका छन् ।
तेस्रो विकेटको रुपमा सेसे वाउलाई ११ रनमा आउट गरेका सन्दीपले चौथो विकेटको रुपमा चाद सोपरलाई १० रन र पाँचौ विकेटको रुपमा माहुरु दाइलाई ५ रनमा मा आउट गरेका हुन् । छेटौं विकेटको रुपमा उनले किप्लिङ डोरीगालाई १० रनमा आउट गराए ।
यसअघि करण केसीले पपुवा न्यूगिनीका बिष्फोटक ब्याट्सम्यान टानी उरालाई ११ रनमा र सोमपाल कामीले पपुवा न्यूगिनीका कप्तान असादुल्ला वालालाई १० रनमा आउट गरेका थिए ।
Comments are closed.