Nepal's First Video FM

सुनको कारोबार ठप्प हुदा पनि – सुनको मूल्य ६ सयले बढ्यो !

366

काठमाडौं । अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । कोरोना माहामारीका कारण कुनै पनि व्यपार व्यवसाय चलेको छैन ।

तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो ।

मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीमा पनि एकैचोटी तोलामा ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.