कोरोनाले छटपटाई रहेका नेपालीलाई – हङकङबाट एक नेपाली अपुन एचके भोटेले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराए !
काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्।
पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् ।
खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन्।
ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार त्यहाँको स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपालमा अक्सिजन सिलिन्डर पठाएका छन् । नेपाल एयरलाइन्सको वाइड बडीमार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइएको छ ।
राजदूत पराजुलीले यस्तो कोरोना कहरको घडीमा नेपाली श्रमिकले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेकी छन्। साथै, खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरिन् ।
शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । खाडि राष्ट्रबाहेक अन्य देशका नेपालीले पनि बिस्तारै नेपाललाई सहयोग गर्ने तत्परता देखाइरहेका छन् ।
यसैबीच, लामो समयदेखि हङकङमा बसोबास गरिरहेका एक जना नेपालीले आफ्नो एकल प्रयासमा नेपाललाई ठूलो सहयोग जुटाएका छन् ।
परदेशमा रहेर पनि नेपालमा कोरोनाका कारण छटपटाइरहेका नेपालीलाई करिव डेढ करोड रुपैयाँ संकलन गरेर पठाउने नेपाली हुन् आपुन एचके (भोटे) ।
भोकसिंह, पर्वतमा जन्मिएका उनले हङकङबाट आफ्नो एकल प्रयासमा यो सहयोग राशी संकलन गरेर नेपाल पठाएका छन् ।
उनले नेपालका कोरोना पीडितका लागि आफ्नो एकल प्रयासमा १० लाख ५ हजार हङकङ डलर ९१ करोड ५१ लाख ३४ हजार ३१ रुपैयाँ० रकम संकलन गर्न सफल भएका छन् ।
आफ्ना रोजगारदाता रियल स्टेट व्यापारी प्याट्रिक सेक एक्लैबाट उनले यो रकम नेपालीको सहयोगस्वरुप प्राप्त गरेका हुन् ।
आपुन एचकेले त्यसरी प्राप्त सहयोग रकममध्ये परोपकारी संस्था सावर एक्सनमार्फत कोरोना पीडित नेपालका नेपालीका लागि ५ सय थान अक्सिजन सिलिन्डर र अत्यावश्यक अन्य सामग्री खरिदमा खर्च गरिने बताएका छन् ।
उनले अक्सिजन नभएकै कारण नेपालमा कोरोनाका बिरामीले ज्यान गुमाइरहेको हृदयविदारक दृष्यहरु सञ्चारमाध्यममार्फत देखेपछि आफूले मन थाम्नै गाह्रो भएकाले केही सहयोग गर्न मन लागेको बताएका छन् ।
आफैंले केही गर्न सक्ने क्षमता नभएपछि १२ वर्षदेखि आफू अंगरक्षकका रूपमा सेवा गरिरहेको आफ्नै मालिकसंग उनले यस विषयका बारेमा जानकारी गराए ।
‘परिवारको सदस्यजस्तै व्यवहार गर्ने बोसले २५/३० हजार डलर त कसो नदेलान् भन्ने लागेको थियो, उनी भन्छन्–‘तर सोमबार बिहान बोलाएर १० लाख ५ हजार डलर मेरो हातमा राखिदिँदा त मलाई सपनाजस्तै लाग्यो।’
उनका अनुसार बौद्धिक वर्गका नेपालीहरुसको सल्लाहबमोजिम भरपर्दो संस्थामार्फत उक्त रकम नेपालका कोरोना पीडितका लागि खर्च गर्न लागिएको उनको योजना छ ।
यसका लागि उनले नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गरिरहेको संस्था सावर एक्सनमार्फत सहयोग रकम खर्च गर्न लागिएको उनले जानकारी दिएका छन् ।
उनी भन्छन्–‘यो रकम सही समय, स्थान र व्यक्तिसमक्ष पुगे मलाई थोरै भए पनि मातृभूमिको ऋण तिर्न सकेको महसुस हुनेछ ।’
हङकङमा एकै व्यक्तिको पहलमा यति धैरै सहयोग रकम जुटेको यो पहिलोपटक भएको उनको अनुमान छ ।
आपुन भोटे पछिल्लो तीन दशकदेखि हङकङमै बसोबास गर्दै आइरहेका छन् ।
हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आइरहेका तथा विभिन्न संघ–संस्थामा आबद्ध पूर्व बक्सिङ खेलाडी तथा शारीरिक सुगठनका कुशल खेलाडी रहिसकेका उनी भोटे उपनामले चिनिन्छन् ।
‘आपुन भोटेको यो सहयोगको पूण्यकार्यले हामी र हाम्रो समुदायको शिर नै उच्च हुने कार्य भएकोमा हामी उहाँलाई सम्मान गर्दै उहाँप्रति गर्व गर्दछौं,’ हाल पर्वतमा रहेको चलचित्र अभिनेता तथा अभियन्ता किसान सुनारले प्रतिक्रिया जनाएका छन् ।
Comments are closed.