Nepal's First Video FM

सुनिता बुढा र मानसिंह आउट भएपछि जज प्रजापति पराजुली आए मिडियामा,फेरी आउलान दोहोरी च्याम्पियनमा ?हेर्नुहोस कुराकानी

1,068

दोहोरी च्याम्पियनबाट पराजित भएकी गायिका सुनिता बुढा छेत्री र मानसिङ् खड्का एकसाथ मिडियामा आए संगै निर्णायक प्रजापति पराजुली पनि बिबादको बिषयमा मिडियामा आएर बोलेका छन।सुनिता बुढा छेत्री भाबुक भएकी थिइन कुराकानीको क्रममा।आफुहरुलाई निर्णायकले अन्याय गरेको समेत सुनिता र मानसिंह खड्काले कुराकानीको क्रममा बताएका थिए।

सबैको कमजोरी हुदा पनि हामीलाई मात्र कमजोर देखे भन्दै उनीहरुले आफुले गाउँदाको गल्तिलाइ टाउकोमा नराख्न समेत अनुरोध गरेपछि यो बिषयमा प्रजापति पराजुलीले आफ्नो भनाइ प्रस्तुत गरेका छन।सुनिताको टिमले केहि मतले हारे पनि उनीहरुलाई फेरी ल्याउने सम्भावना रहेको र त्यो बिषयमा छलफल हुने समेत बताएका छन।वाइल कार्डको सिस्टम प्रयोग गरि उनीहरुलाई ल्याउने सम्भावना रहेको प्रजापति पराजुलीले कमल सरगम संगको कुराकानीमा बताउनु भयो।

दर्शकले पनि सुनिता र मानसिङ्कै पक्षमा धेरै कमेन्ट गरेका छ भने उनीहरु फेरी आउने सम्भावना कति भन्ने प्रश्न पनि कुराकानीको क्रममा उठेको छ।सुनिता भन्छिन’सम्भावना भए पनि पछि आफुले के गर्ने हाम्रै निर्णय हुन्छ भन्दै आफुलाई दोहोरी च्याम्पियनमा भाग लिन पाउनुनै खुसि लागेको समेत बताएकी छिन। सुनिताले आफ्नो बाबाको फोन आएको र चिन्ता न लेउ छोरी भन्दा निकै रुन मन लागेको समेत बताईन।

प्रजापति पराजुलीका अनुसार सुनिताले जितेको र मानसिङले केहि नम्बरले हार्न पुग्दा यो अबस्था आएको बताएका छन भने यो बिषयमा आफुहरु पनि चिन्तित रहेको र सुनिताको टिम बलियो बनेर अन्य दोहोरी प्रतियोगितामा भिड्न समेत पराजुलीले अनुरोध गरेका छन। हेरौ कुराकानी :

You might also like

Comments are closed.