काठमाडौँ,निर्देशक ऋषि लामिछाने कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएको एक सातासम्म होम आइसोलेसनमा बसेका ऋषि निमोनिया देखिएपछि ४ दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।
ग्रान्डी अस्पतालमा उपचार गराइरहेका लामिछानेले निकै भावुक स्टाटस लेखेका छन् । उनले कहिले काहीँ मृत्युभन्दा जीवन असहज लाग्ने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आज अस्पतालको बसाइको चौथो दिन । कोठाको ४ वटा भित्ताले घरी-घरी पीडा दिइरहेका छन् । असाध्यै असहज र पीडादायी ।
लाग्थ्यो दुख्ने शरीर, मन र मुटु मात्र हुन्छ । यहाँ त सपना, विपना र कल्पना पनि दुख्दोरहेछ । पूरा जीवन दुखेको छ । अस्ति-अस्ति शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी अस्पतालको नवौं तलाबाट बाहिर हेर्दै चिच्याई-चिच्याई कराउन मन लागेको छ ।’
निर्देशक लामिछानेसँगै उनकी पत्नी कलाकार सरिता लामिछाने तथा छोरीलाई पनि कोरोना संक्रमण भएको थियो । अहिले सरिता लामिछाने र छोरी कोरोना मुक्त भई घरमै आराम गरिरहेका छन् ।
Comments are closed.