Nepal's First Video FM

आज कोरोना संक्रमणबाट थप १९६ जनाको निधन, ८,२०३ संक्रमित थपिए

260

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

२० हजार दुई सय ८६ जनाकाे पीसीआर र ६ सय ९३ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेकाे छ ।

यस्तै काठमाण्डाै उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डाैमा दुई हजार ४९ जना, भक्तपुरमा दुई सय २१ जना र ललितपुरमा तीन सय ६५ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै कोरोना सङ्क्रमणबाट थप एक सय ९६ जनाकाे ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार चार सय ११ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना काेराेनामुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।

You might also like

Comments are closed.