Nepal's First Video FM

त्रिविका पूर्व उपकुलपति डा. गोविन्द शर्माको निधन

395

चैत १, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ । कलेजोको शल्यक्रिया गरिएका डा. शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे बिहिबार जानकारी पाएकाले शुक्रबार कीर्तिपुरमा शोकसभा कार्यक्रम राखिएको जानकारी दिए । रासस

You might also like

Comments are closed.