काठमाडौँ,पछिल्लो समय अस्पतालमा अक्सिजनको अभाव निकै देखिएको छ । कयौं कोरोना संक्रमितले अक्सिजन नपाएर मृत्यु वरण गरेका खबरहरु सार्वजनिक भइरहेका छन् । यिनै समाचारबाट आत्तिएका आम मानिस अक्सिजनको जोहोमा लागेका छन् ।
यसै क्रममा हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) अक्सिजनका सिलिन्डर बोकेर अस्पताल पुगेका छन् । उनले अस्पतालबाटै भनेका छन्, ‘मलाई कलाकारका रुपमा विश्वमा चिनाउने दर्शकको जीवन रक्षाका लागि म पनि हातेमालो गर्न तयार भएको छु ।’
गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले हस्तान्तरण गरे घोषित रकम उनले धुर्मुस सुन्तली फाउन्डेसनमार्फत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित कोभिड केन्द्रका लागि ५० वटा सिलिन्डरमा अक्सिजन भरेर हस्तान्तरण गरेका हुन् । कोरोना पीडितका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरी सेवामा लागेको धुर्मुसले बताएका छन् ।
यो बेला मानवताभन्दा ठूलो अरु केही नभएको भन्दै उनले प्रश्न गरेका छन्, ‘हाम्रो सानो प्रयासले कसैको ज्यान बच्छ भने हामी किन सहयोगी नबन्ने ?’ उनले महोत्तरीको बर्दिबासमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना रहेको समेत सुनाएका छन् ।
Comments are closed.