Nepal's First Video FM

नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति भेटियो, अझै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

350

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ को थप नयाँ भेरियन्ट देखिएको बताएको छ ।

कोभिड-१९ संक्रमितहरुका ३५ वटा नमूनाहरुको जीन सिक्वेन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशत (३४ जना)मा बी.१.७१२.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.७१२.१ पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा हाल कोरोना भाइरसका तीन प्रकार (भेरियन्ट) सक्रिय रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले कोरोना संक्रमित ३५ जनाको स्वाब संकलन गरी जिन सिक्वेन्सिङका लागि विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतको सीएसआईआर इन्स्टिच्यूट अफ जेनोमिक्स एण्ड इन्टरग्रेटिभ बायोलोजीमा पठाइएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जनाएको छ ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

You might also like

Comments are closed.