Nepal's First Video FM

खुसीको खबर : नेपालमै भयो अक्सिजन ग्यास सिलिण्डर उत्पादनको सफल परीक्षण

1,352

काठमाडाैं- नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ।

कोभिड-१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे।

मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्नसक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए। सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको प्रतिबद्धता थियो।

मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताए। ‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन,’ उनले भने।

परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्नसक्ने लिलिण्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ। नाष्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयायिक उत्पादन गर्न अनुमति दिने बताए।

उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्यूनतम् मूल्य करिब १५ हजार पर्ने भने नाष्टको प्रविधि प्रयोग भएका सिलिण्डरको करिब १० हजारभन्दा कम मूल्य पर्नेछ। परीक्षण अवलोकन गर्न नाष्टको ललितपुस्थित मुख्यालय पुगेएका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यावाद दिएका थिए।

उक्त ग्यास सिलिण्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ। परीक्षण गर्दा ग्यासको दबाब २३५ बारसम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो।

नास्टका उपकुलपति श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए। मन्त्रालयका सचिव सञ्जय शर्माले विज्ञान तथा नवप्रवर्तत नीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताए।

यो पनि ..
भारतले नदिने भयो नेपाललाई तत्काल खोप

नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ ।

भारतले यो बर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर आइरहेका बेला त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले एक विज्ञप्ति जारी गरी अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने प्रष्ट पारेको छ ।

‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं,’ सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले मंगलबार बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।’

नेपालको खोप अभियान मूलतः भारतीय खोपमा निर्भर थियो । नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्ड भ्याक्सिन खरिदका लागि अग्रिम रकम भुक्तानी गरे पनि भारतमा दोस्रो लहर सुरु भएपछि तालिकाअनुसार खोप पाउन सकेको थिएन । खोप खरिदका लागि नेपालले भारतसमक्ष कूटनीतिक पहल जारी राखेको भए पनि अझै केही महिना भारतले निर्यात गर्न असमर्थ हुने प्रष्ट भएको छ ।

योसँगै नेपालले आफ्नो खोप अभियानलाई तीव्रता दिने हो भने भारतीय खोपको विकल्पमा तत्कालै काम गर्नुपर्ने छ । तर, स्वास्थ्य मन्त्रालयले चीन र रुसबाट खोप खरिद गर्ने प्रकृया अहिलेसम्म सुरु गरेको छैन । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लगाउन सुरु भइसके पनि थप डोज खरिदका विषयमा प्रकृया अगाडि बढ्न सकेको छैन । रुसी खोप स्पुतनिकलाई नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिइसके पनि खोप खरिद प्रकृया भने अगाडि बढ्न सकेको छैन ।

भारतले निर्यात बन्द गरेकै कारण कोभ्याक्स अन्तर्गत अनुदानमा पाउन सकिने खोप पनि तत्काल नेपालले पाउने सम्भावना छैन ।

सरकारका अधिकारी के भन्छन् ?

कोरोना भाइरसको संक्रमणबाट जोगिने एकमात्र उपाय भनेको खोप नै हो भनेर विज्ञहरुले भनिरहेको बेला नेपालको ठूलो जनसंख्या खोपबाट बन्चित छ । खोपबारे अन्योल हुँदा पहिलो डोज लगाइसकेका ज्येष्ठ नागरिकहरुले दोस्रो डोज कहिले पाउने भन्ने पनि निश्चित छैन ।

भारतले नेपाल लगायतका देशलाई तत्काल खोपको आशा नगर्नू भन्दै अनौपचारिक जानकारी गराइसकेको बताइन्छ । तर, अहिलेसम्म नेपाल सरकारले यसबारे केही बोलेको छैन ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिंह तिंकरी भने खोपका लागि पहल भइरहेको बताउँछन् । उनले भने, ‘खोपका लागि हामीले पहल गरिरहेका छौं । परराष्ट्र मन्त्रालय र राजदूतावासमार्फत् कुराकानी भइरहेको जानकारीमा आएको छ ।’

सिरम इन्सटिच्युटको खोप अन्य कम्पनीको भन्दा सस्तो भएकाले सकेसम्म त्यसकै खोप ल्याउन जोड गरिरहेको उनको भनाइ छ । यद्यपि विकल्पको रुपमा नेपालमा अनुमति प्राप्त खोप उत्पादक चार वटै कम्पनीलाई पत्र लेखेर विस्तृत विवरण माग गरिएको तर प्रत्युत्तर नआएको उनले जानकारी दिए ।

‘भारतबाहेकका देशबाट खोप खरिदको प्रयास’

परराष्ट्र मन्त्रालय स्रोतले पनि चीन र अन्य मुलुकबाट खोप खरिदका लागि पहल भइरहेको जनाएको छ । परराष्ट्र स्रोतले भन्यो, ‘हामीले खोपका लागि विभिन्न मुलुकलाई पत्राचार गरिरहेका छौं । विदेशमा गरेका हाम्रा नियोगहरुलाई पनि पहल गर्न सर्कुलर गरेका छौं । भारतबाहेक चीन र अन्य मुलुकबाट खोप खरिदको लागि कुराकानी भइरहेको छ ।’

स्रोतका अनुसार चीनबाट २० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइएको छ । रसियासँग पनि कुराकानी भइरहेको छ तर रसियाले तत्कालै कति खोप उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा स्पष्ट जवाफ दिएको छैन । त्यसैले रसियाबाट तत्काल खोप आउने सम्भावना देखिएको छैन ।

सरकारी अधिकारीहरुले विभिन्न च्यानल मार्फत अमेरिकी अधिकारीहरुसँग पनि कुराकानी भइरहेको बताउँछन् । अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी अधिकारीहरुसँग र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग कुराकानी गरिरहेको स्रोतले बतायो ।

अमेरिकाले आगामी ६ सातामा विभिन्न मुलुकहरुलाई आठ करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । यद्यपि कुन–कुन मुलुकलाई दिने भन्ने विषय स्पष्ट भइसकेको छैन ।

भारत सरकारबाट अनुदानमा आएको १० लाख, सीरम इन्स्टिच्युटसँग किनेको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान ‘कोभ्याक्स’ सुविधाबाट उपलब्ध भएको तीन लाख ४८ हजार गरी नेपालमा हालसम्म २३ लाख ४८ हजार कोभिशील्ड खोप नेपाल भित्रिएको छ । त्यसमध्ये १६ लाख मात्रा प्रयोग भएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख तिंकरी बताउँछन् । नेपालले सिरमसँग खरिद सम्झौता गरिसकेको थप १० लाख डोज खोप नआए गाह्रो पर्ने तिंकरीले बताए ।

नेपालमा २०७७ माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । हाल चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज भेरोसेल खोपको दोस्रो डोज दिने क्रम जारी छ ।

You might also like

Comments are closed.