Nepal's First Video FM

निर्दयी कोरोना – डाक्टर लाई पनि लग्यो, पीपीई खोज्दाखोज्दै गयो ज्यान !

310

काठमाडौँ, सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनले वैशाख २ गते सामाजिक सञ्जालमा यो स्टाटस लेख्ने थिए, ‘गतिलो पीपीई कता पाइन्छ ? हातले बनाएको होइन है । ज्यान त जोगाउनै पर्‍यो । सरकारले नसुने पनि ।’ यो स्टाटसले उनी गुणस्तरीय पीपीईबिना संक्रमितको उपचार गर्न बाध्य थिए भन्ने संकेत दिन्थ्यो ।

उनी अस्वस्थ्य भए पनि अस्पताल भर्ना भएका थिएनन् । संक्रमित भएका उनको निधन भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।

डा चौधरी संक्रमित भए पनि अस्पताल नगएर ९ दिनदेखि होम आइसोलेसनमै बस्दै आएका थिए । तर अचानक स्वास्थ्यमा थप समस्या आएपछि उनलाई सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगिएको थियो ।

तर अस्पतालमा उपचार सुरु हुन नपाउँदै उनको मृत्यु भएको हो । ३५ वर्षीय डा। चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।

यो पनि …
सप्तरीका उपमेयरको निधन

सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा सप्तरीका सबै स्थानीय तह बुधबार बन्द गरिने भएको छ ।

उपमेयर चौधरीको निधन भएको शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो ।

पालिका प्रमुखहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

You might also like

Comments are closed.