काठमाडौँ – कोरोना नियन्त्रणमा मुख्य जिम्मेबार निकायमा रहेर पनि निरिह देखिदै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी बारम्बार अरुमाथि दोष लगाएर पन्छिदै आएका छन् ।
यसैको निरन्तरता स्वरुप उनले चिकित्सकहरुकै कारण कोरोना संक्रमितको मृत्युदर बढेको विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सिनियर चिकित्सकहरु संक्रमितको उपचारमा नखटिँदा मृत्युदर बढेको उनको भनाई छ । कोरोना भ्याक्सिन आयात हुन नसक्नुमा बिचौलियाहरुलाई दोष दिएर उम्किएका स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले मृत्युदर बढ्नुमा पनि चिकित्सकलाई दोष दिएर पन्छिन खोजेका छन् ।
भ्याक्सिन खरिद प्रकणमा त्रिपाठीमाथि आफ्नै हातमा डाडु पन्यू भएपनि विचौलिया सामु निरिह देखिएको र कारवाहि गर्नुको साटो भूतको संज्ञा दिएर विचौलियालाई उन्मुक्ती दिएको आक्षेप लागेको थियो ।
तिनै स्वास्थमन्त्रीले कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्नुको दोष पनि चिकित्सक माथि थोपरेपछि थप विवादमा मुछिएका छन् । संक्रमितको उपचारमा जुनियर डाक्टर मात्र खटिँदा मृत्युदर बढेको उनको भनाई छ ।
आकस्मिक कक्षमा भर्ना भएका संक्रिमतहरु गम्भिरताका आधारमा नभई पक्षधरताको आधारमा आईसियुमा भर्ना गर्ने गरिएको समेत उनले बताए ।
यस्ता स–साना कुराले मृत्युदरमा प्रभाव पारेको भन्दै उनले सिनियर डाक्टहरु कोरोनाको डरले भिजिटमै नजाने गरेको उल्लेख गरे । स्रोत योहो खबर
Comments are closed.