Nepal's First Video FM

नेपालमा एक विहानै भूकम्प गयो , केन्द्रबिन्दु लमजुङ !

395

काठमाडाैं । काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको हो ।

बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका, लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायतमा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

You might also like

Comments are closed.