काठमाडौं– लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर बिहान गएको भूकम्पमा परी एक महिला घाइते भएकी छन्।
भूकम्पबाट एक घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले बताए।
भूकम्पले घर भत्किँदा स्थानीय उमा गुरुङ घाइते भएको र उनको जिल्ला अस्पतालमा उपरार भइरहेको उनले जानकारी दिए।
भूकम्प गएपछि बाहिर निस्केर भागाभागसमेत गरेको उनको भनाइ छ। बिहान लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
Comments are closed.