Nepal's First Video FM

रबि लामिछानेले विपन्न जनताको निःशुल्क उपचार गर्दै आएको ,जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग

749

काठमाडौँ, कोरोनाको उपचारका लागि सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको यो अस्पताललाई सहयोग गर्दै आएको छ ।
अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।

स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक राहत संकलन कार्यक्रम गरिएको थियो । संकलित रकम हाल नेपालमा रहेका एक सामाजिक अभियन्ताको खातामा पठाइएको र अझै सहयोग आउने क्रम जारी रहेकाले केही दिनमै संकलित रकम अस्पताललाई हस्तान्तरण गरिने नेपालस्थित सामाजिक अभियन्ता यम श्रेष्ठले बताए ।

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पूर्ण खर्चको जिम्मेवारी अस्पतालले लिने र अन्यका लागि सरकारले तोकेको भन्दा सस्तोमा उपचार गर्ने फाउन्डेशनले जनाएको छ ।

–बबिता ओलीबाट

You might also like

Comments are closed.