Nepal's First Video FM

एक बिहानै बस दुर्घटनामा गयो ४ जनाको ज्यान ,४९ जना घाइते (ताजा अवस्था यस्तो छ)

3,132

र्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् ।

आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाइते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो पनि ..

संक्रमितको उपचारमा गर्न नसक्दा मनदुखेको छ

ज्योती महर्जन, पाटन अस्पतालमा २०५५ सालदेखि नर्सको रूपमा कार्यरत छिन्। ललितपुर नर्सिङ क्याम्पसमा अध्ययन गरेकी ज्योती अहिले पाटन अस्पतालमा कोभिड वार्डको नर्सिङ इन्चार्ज हुन्।

पहिलो कोभिडको लहरका बेला काम गर्दैगर्दा उनी पनि कोभिड संक्रमण भइन्। उनीसहित उनको सम्पूर्ण परिवार नै कोभिड संक्रमित भए।

अस्पतालबाट १४ दिन क्वारेन्टाइन बिदामा रहँदा उनलाई अस्पतालका बिरामीको निकै याद आयो।

आफ्नो कर्म नै सेवा ठान्ने उनी संक्रमितहरुको उपचारमा सहयोग गर्न नसक्दा मनमा ग्लानी महसुस गरिन्।

संक्रमणमुक्त हुने बित्तिकै उनी फेरि अस्पतालमा आइन् र काम थालिन्। यस पटकको कोभिड लहर भने उनलाई निक्कै डर लागिरहेको छ।

उनले मृत्युलाई नजिकबाट नियालिरहेको भएकाले अनाहकमा बाहिर हिँड्ने मानिस देखेर उनलाई रिस उठ्छ। बाहिर मानिसहरू मास्क प्रयोग नगरी हिँडेको देख्दा, सामाजिक दूरी कायम नगरी हिँडेको देख्दा उनलाई रिस पनि उठ्ने गर्छ।

अस्पतालको शैय्या भरिरहँदा उनी कामना गर्छिन् कि कसैको मृत्यु नहोस् र अरू थप मानिस बिरामी नहुन्।

आज १२ मे अर्थात विश्‍व नर्स दिवस। आफू तथा परिवार सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरूको सम्मान गर्दै यो दिवस मनाइन्छ।

अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आव्हानमा हरेक वर्षको यसै दिन विश्वभर नर्स दिवस मनाउने गरिएको हो।

विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारण भिन्‍न परिस्थितिबीच यस वर्षको नर्स दिवसको महत्व अझ बढी छ।

विश्‍वका विभिन्न ठाउँमा नर्स तथा चिकित्सकको सम्मान र मनोबल उच्‍च बनाउन सरकार एवं नागरिक स्तरबाट विभिन्‍न गतिविधि पनि भइरहेका छन्।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ।

उनले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज पनि संचालन गरेकी थिइन्।

‘लेडि विथ दी ल्याम्प’ उपनामले परिचित फ्लोरेन्सको जन्म ब्रिटेनमा सन् १८२० मा भएको थियो।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्।

आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन्।

‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपतिले भनेकी छन्।

You might also like

Comments are closed.