Nepal's First Video FM

उपप्रधानमन्त्री ईश्वर पोखरेलले रिबन काटेर , निःशुल्क आइसोलेशन केन्द्र शुभारम्भ गरे !

241

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् ।

यो आइसोलेसन केन्द्र कोरोना संक्रमितका लागि हो। मारवाडी सेवा समितिले नेपाल-भारतमैत्री अस्पतालसँगको सहकार्यमा नि:शुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो।

यस केन्द्रमा चिकित्सकको निगरानीमा उपचार तथा खानालगायत नि:शुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलास गोयलले बताए।

एक बर्ष अघि कोभिडको पहिलो लहर चलेको बेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउन परेको अबस्था स्मरण गर्दै उपप्रधानन्त्री पोखरेलले भने– ‘अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेका छौंं, केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना गरेका छौं ।

दोस्रो लहरमा अक्सिजनको जोडजामका कारण समस्या भएको छ । ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा हाहाकार सिर्जना भएको हो । हामी यो अभावलाई जति सक्दो चाँडो पूरा गर्न चाहन्छौं ।’

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिए ।

यहाँ ३ सय शय्यासम्म सञ्चालन गर्न सकिने उनले बताए।

You might also like

Comments are closed.