Nepal's First Video FM

विश्वकप छनोट: पपुवा न्यूगिनीले नेपाललाई दियो १ सय १५ रनको लक्ष्य

374

चैत १, जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत प्ले अफ खेलमा पपुवा न्यूगिनीले नेपाललाई १ सय १५ रनको चुनौती दिएको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय  बनायो । पपुवा न्यूगिनीका लागि चार्लस अमिनीले सर्वाधिक १९ रन तथा जासोन किलाले १५ रन बनाए ।

पपुवा न्यूगिनीलाई १ सय १४ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान चार/चार विकेट लिए भने करण केसी र सोमपाल कामीले एक/एक विकेट लिए ।

नेपाललाई एकदिवसीय मान्यता पाउनका लागि बिहिबारको खेल जित्नैपर्ने दबाब छ । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.