गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मंगलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् ।
केही वर्षअघि सार्वजनिक भएको गीत ‘साइँली’बाट निकै प्रशंसा पाएका गायक हेमन्त राना वैवाहिक बन्धनमा बाँधिएका छन् ।
हेमन्त र माया केही समयदेखि एक-अर्कालाई डेट गरिरहेका थिए । अमेरिकामा रहेका हेमन्त र मायाले अमेरिकाको पेन्सिलभेनियामा विवाह गरेका हुन् ।
नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका रानाले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए । ‘सुन साइँली परदेशबाट म आउला ४० कटेसी रमाउला’ रानाको पछिल्लो हिट गीत हो ।
Comments are closed.