चैत १, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो ।
उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गरेका डा. बाबुराम भट्टराईलाई पनि समयको माग अनुसार पुनः मूल घरमा फर्कन आग्रह गरे ।
अध्यक्ष दाहालले भने, “शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । केही बिग्रिएको छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ ।”
उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गरे । संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोही अनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
Comments are closed.