Nepal's First Video FM

स्पेनबाट स्वास्थ्य सामग्री लिएको चार्टर्ड विमान काठमाडौँ आइपुग्यो : स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी विमानस्थलमा पुगे

429

काठमाडौं । स्पेनले नेपाललाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दिएकाे ठूलाे मात्राकाे स्वास्थ्य सामग्री काठमाडाैँ अाइपुगेकाे छ ।

उक्त सामग्री आज (बिहीबार) स्पेनको चार्टर्ड जहाजबाट काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएकाे हाे ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा र अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानसहितकाे टाेलीले उक्त सामग्री ल्याएका हुन् ।

बिहीबारै विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ती सामग्री बुझ्नुभएकाे छ । राजदूत शेर्पाको पहलमा ती सामान नेपाल ल्याइएको हो ।

बुधबार राति स्पेनकाे राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको उक्त चार्टर्ड विमान काठमाडाैँका लागि उडेकाे थियाे । स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन् ।

You might also like

Comments are closed.