काठमाडौँ, बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन् ।
देवकोटाले १८३ मत प्राप्त गर्दा थापाले १ सय ४८ मत मात्र प्राप्त गर्नुभएको हो ।
स्थानीय तहबाट खसेको २३३ मत मध्येबाट डा. देवकोटालाई १२८, बादललाई १०३ र कृष्णबहादुर तामाङलाई २ मत खसेको थियो ।
त्यस्तै प्रदेश सभा सदस्यबाट खसेको मत १०५ मध्ये डा. देवकोटालाई ५८ मत, बादललाई ४५ मत र तामाङलाई २ मत खसेको थियो ।
खसेको मतको अंकभार गर्दा स्थानीय तर्फबाट डा. देवकोटालाई २ हजार ३ सय ४, बादललाई १ हजार ८ सय ५४ र तामाङलाई ३६ मत प्राप्त भएको हो ।
यस्तै प्रदेश तर्फमा डा. देवकोटालाई २ हाजर ७ सय ८४, बादललाई २ हजार १ सय ६० र तामाङलाई ९६ मत रहेको हो ।
निर्वाचित देवकोटा र बादलको ३५ मतान्तर मतको अंकभार १ हजार ७४ रहन्छ ।
गृहमन्त्री रामबहादुर थापा एमालेको तर्फबाट उम्मेदवार बन्दा डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल पक्षको समर्थन रहेको थियो ।
त्यस्तै नेपाल किसान मजदुर पार्टीको तर्फबाट कृष्ण बहादुर तामाङ उम्मेदवार बनेका थिए ।
मतदानका लागि प्रदेश सभा सदस्य ४ जना र स्थानीय तहका पाँच जना मतदाता उपस्थित भएका थिएनन् ।
बादललाई घात गरेकै हो त ?
नेकपा एमालेको स्थायी कमिटी बैठकको प्रेस विज्ञप्तिले निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई घात भएको संकेत मिल्छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान एको र तयसलाई गम्भीरताका साथ लिएको निर्णयबारे उल्लेख गरेका छन् ।
बागमती प्रदेशमा एमालेका मतदाताले बादलविरुद्ध खिमलाल देवकोटाविरुद्ध मतदान गरेको हो भने बादलको जीत्ने सम्भावना कमजोर हुन्छ । यसअघि नै माधव नेपालले बादललाई साथ नदिने स्पष्ट जवाफ दिइसकेका थिए ।
बादललाई घात ओली पक्षबाट पनि भएको हुनसक्ने विषय अहिले चर्चामा छ । उनलाई एमालेभित्र अगाडि बढ्न नदिन एउटा तप्का सक्रिय रहेको र घात गरेको हुनसक्नेबारे बादल समूहभित्र चर्चा चलेको छ ।
हुनपनि आजै सर्वोच्च अदालतको आदेशले उनीसहित ७ पूर्वमाओवादी नेताको मन्त्री पद स्वतः गयो । यो घटनाले बादल समूह गम्भीर भएको बुझिएको छ ।
रामबहादुर थापा ‘बादल’डबल घाटा ,….
सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात जना मन्त्रीलाई मन्त्रीका रुपमा काम नगर्न र गर्न नदिन आदेश दिएको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सांसद नभएर नै मन्त्री बनेका सातै जनाको पद खारज गर्दै काम नगर्न अन्तरिम आदेश दिएको हो ।
संसद सदस्य नरहेको व्यक्तिलाई दोहोर्याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता विराज थापा र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
यससंगै गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम तथा राजगारमन्त्री गौरीशंकर चौधरी, खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, उर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीको पद खारेज भएको हो ।
आदेशमा भनिएको छ, ‘संविधानको धारा ७८ बमोजिम नियुक्त मन्त्रीले सपथ खाएको ६ महिना भित्र संघीय संसदको सदस्यता लिनु पर्ने अवस्था देखिंदा निज प्रत्यर्थीहरुलाई पुनः दोस्रो पटक नियुक्ती गरिएको कार्य Prima facic रुपमा नै संविधानको धारा ७८ को उपधारा १,२,३ को व्यवस्था, संविधानको मूल मर्म र भावनाको विपरीत भएको देखिदा यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यसरी प्रत्यर्थीहरुलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ती गरिएको र सपथग्रहण लगायतका कार्यहरु संविधान अनुकुल नरहेकोले मन्त्रीको हैसीयतमा कुनै पनि काम कारवाही नगर्नु, गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
सर्वोच्च अदालतले नेकपा एकतालाई अस्वीकृत गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी छाडेर एमालेतिर लागेका सातै जनालाई प्रधानमन्त्री केपी शर्माओलीले मन्त्री पद उपहार दिएका थिए ।
गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि ओलीसहित सबै मन्त्रीहरु पदमुक्त भएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार बनाउन नसकेपछि ओली नै संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनले आफ्ना पूरानै मन्त्रीलाई निरन्तरता दिएपछि यी सात जना पनि पुनः मन्त्री भएका थिए ।
Comments are closed.