काठमाडौं। एमालेका नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भएपछि नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नै पार्टीको माधव नेपाल पक्षप्रति आक्रोश व्यक्त गरेका छन्।
राष्ट्रिय सभाको उपनिर्वाचनअन्तर्गत बागमती प्रदेशमा एमालेले उम्मेदवार बनाएका थापा विपक्षी गठबन्धनका डा खिमलाल देवकोटासँग पराजित भएका छन्। माधव पक्षीय सांसद तथा स्थानीय जनप्रतिनिधिले मत नदिँदा थापा पराजित भएका हुन्।
थापा पराजित हुनुमा आफ्नै दलका नेताहरु कारक रहेको औंल्याँउदै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।
माधव पक्षलाई ‘दूध खुवाएर पालेका सर्प’को संज्ञा दिँदै बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘दूध खुवाएर पालेका साँपले डसेका हुन् । बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन, नयाँ सुरुआत मात्र।’
बादलविरुद्ध मतदान गर्नु गम्भीर, भर्त्सना गर्छाैँ ……..
यस्तै नेकपा एमालेले राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा पार्टीको निर्देशन अवज्ञा गर्ने र पार्टी उम्मेदवार (रामबहादुर थापा बादल) को विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापलाई अत्यन्तै गम्भीर रूपमा लिएको जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीकाे बैठकले पार्टी निर्देशन अवज्ञा गर्ने प्रवृत्तिको भर्त्सना गर्ने निर्णयसमेत गरेको छ । यस्तै कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने एमालेका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकाले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत छलफल भएको ज्ञवालीले बताउनुभयो ।
यसैबीच मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहेको प्रतिक्रिया दिनुभएको छ । स्थायी कमिटी बैठकपछि मन्त्री ज्ञवालीले अदालतको निर्णयप्रति कतिपय तर्क र फरक राय हुन सक्ने भए पनि फैसला कार्यन्वयन गर्नु आफूहरूको कर्तव्य रहेको बताउनुभयो ।
बादलको हारले ओली-नेपाल विवाद……
राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका खिमलाल देवकोटाले पराजित गरेका हुन् ।
बादललाई मत दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुने जानेरै अपिल जारी गरी मत मागेका थिए । उनले सुर्य चिन्हबाहेकमा एमालेका जनप्रतिनिधि मतदाताले मतदान गरे गम्भीर कदम चाल्ने सन्देशसहित अपिल जारी गरेपनि माधव नेपाल समूहले टेरेनन् ।
उनीहरुले खिमलालकै पक्षमा मतदान गरेर जिताए । बादल पराजित भए । यसले ओलीको प्रतिष्ठाको लडाईंमा ठूलो हार भयो ।
आजै नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीका आधिकारिक उम्मेदवार बादललाई मत नदिई अन्यलाई दिएकोमा गम्भीर भएको निर्णय सार्वजनिक गर्यो ।
मतगणना नहुँदै यस्तो निर्णय आयो । बैठकमा माधव नेपाल समूह एकताको पक्षमा नभएको निष्कर्ष समेत निकालियो । अब एकताका लागि बढेको नेकपा एमालेभित्र यो घटनाले फेरि विवाद चर्काउने देखाएको छ ।
बादल स्वयंले माधव नेपाललाई भेटेर साथ मागेका थिए । तर, नेपालले साथ दिन अस्वीकार गरे । यसबाट उनी ओली निकटहरुसँग कडा टक्कर लिने मनशायमा रहेको बुझ्न सकिन्छ ।
अब बादलको हारको असर एमाले विवाद मिलाउन बनेको कार्यदलमा समेत पर्न सक्छ । कार्यदलको बैठक एकपटक मात्र बसेको छ । हिजो बस्नुपर्नेमा बसेन । बादलको पराजयको घटनासँगै एमालेभित्रको विवादले नयाँ रुप लिने देखिदैछ ।
यसैगरी, प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भएका छन् । अब जेठको अन्तिम सातासम्म सरकार रहने निश्चित भएको छ । त्यसपछि धारा ७६ को उपधारा ५ मा देश जान्छ । ओलीले सकेसम्म उक्त धारा बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने प्रयास गर्नेछन् । नसकेमा विरोधी गठबन्धनलाई बहुमत बनाउन नदिन लाग्नेछन् । उनी असफल भएमा विकल्पमा अर्को व्यक्ति प्रधानमन्त्री बन्नेछन् । सफल भएमा देश एकैपटक धारा ७६ को उपधारा ७ मा पुग्नेछ ।
यो धारा अनुसार ओलीले ६ महिनाभित्र चुनाव गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभा विघटन भई मंसिरमै चुनावको मिति तोकिने अवस्था बन्छ ।
Comments are closed.