Nepal's First Video FM

गीता कपुरको बिहेको चर्चा किन चल्यो ? कसले लगाई दियो सिउँदोमा सिन्दु ?

432

एजेन्सी , सामाजिक संजालमा बलिउडकी सफल कोरियोग्राफर गीता कपुरले सिउँदोमा सिन्दुर लगाएको तस्वीर शेयर गरिन् ।

उनको यो तस्वीर सामाजिक संजालमा भाइरल भयो । धेरै फ्यानले उनलाई बिहे गरेकोमा वधाई समेत दिन भ्याए । मिडियामा भने गीता कपुरको सिउँदोको राजको बिषयमा खुबै चर्चा भयो ।

बिहेको चर्चा चलेपछि गीता कपुरले भारतीय मिडियासँग कुरा गर्दै आफूले बिहे नगरेको उल्लेख गरेकी छिन् । उनले आफूले बिहे गरेको खण्डमा नलुकाउने पनि उल्लेख गरेकी छिन् ।

गीताले भनेकी छिन्–‘बिहेको फैसला म लुकेर गर्दिनँ । मेरो आमाको निधन भएको ४ महिना मात्र भएको छ, यसैले म सबैसँग भन्न चाहन्छु कि मैले बिहे गरेको छैन ।’

गीताले सुपर डान्सर सिजन ४ को छायांकनका क्रममा आफूले बलिउड नायिका रेखालाई समर्पित गर्दै सिन्दुर लगाएको बताएकी छिन् । उनले भनिन्–‘यो शोको आउँदो भागमा हामीले बलिउड क्विन स्पेशल सुट गरेका छौं । मैले मेरो आइडल रेखालाई समर्पित गर्दै सिन्दुर लगाएकी हुँ । बिहेको खुशी म सबैसँग शेयर गर्नेछु ।’

४७ बर्षकी गीताले अहिलेसम्म बिहे गरेकी छैनन् । तर, उनलाई धेरैले आमा माता भन्ने गरेका छन् । बलिउडका सफल चलचित्रहरु ‘कुछ कुछ होता हे, दिल तो पागल हे, कभी खुशी कभी गम, मोहब्बते, कल हो ना हो, मै हुँ ना, ओम शान्ती ओम’ जस्ता चलचित्रमा गीताले निर्देशक तथा कोरियोग्राफर फराह खानको सहयोगीत भएर पनि काम गरेकी छिन् ।

You might also like

Comments are closed.