Nepal's First Video FM

नेपालले ७ ओभरभित्र ३ विकेट गुमायो, पारस पनि भए आउट

438

चैत १, जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गतको प्ले अफमा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७ ओभरभित्र ३ विकेट गुमाएको छ ।

१ सय १५ रनको विजय लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा ३५ रन बनाउँदा ३ विकेट गुमाएको हो । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल (१) अनिल साह (९) र पारस खड्का (२०) रनमा आउट भए । अहिले क्रिजमा दिपेन्द्रसिंह एेरी(१०) र अारिफ सेख(२) रनमा खेलिरहेका छन् ।

नेपालले ९ अाेभरमा ४५ रन बनाएकाे छ । टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

You might also like

Comments are closed.