माघ १३, राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ ।
एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।
तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।
छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ । थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएका थिए । तर, नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र बनाएका रहेनछन् ।
उम्मेदवारी दर्ताको दुई दिनपछि मात्र नयाँ परीचयपत्र बनाएको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।
यससँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश ६ बाट अपाङ्ग कोटामा उम्मेदवारी दिएका वाम गठबन्धनका जीवन बुढाविरुद्ध पनि उम्मेदवारी परेको थियो । तर, उनको उम्मेदवारी कायम भएको छ ।
प्रदेश ७ बाट दलित कोटामा उम्मेदवारी दिएका कांग्रेसका शेरीराम पार्कीको उम्मेदवारी भने कायमै रहेको छ । उनीविरुद्ध पनि उजुरी परेको थियो ।
Comments are closed.