Nepal's First Video FM

प्रधानमन्त्री केपी ओलीको देउवालाई प्रस्ताव– मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

438

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सरकारको प्रस्ताव राखेका छन् । शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सरकारको प्रस्ताव गरेको ओलीले बताए ।

बालुवाटारमा सम्पादकहरुसँग ओलीले भने, ‘आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । मेरो दलले सहयोग गर्छ ।’ तर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको ओलीले बताए ।

‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु’, ओलीले भने ।

You might also like

Comments are closed.