काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
विपक्षी गठबन्धन सिंहदरबारमा छलफल गर्दै शीतलनिवास पुगेको हो । तर उनीहरु पुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।
१० मिनेट पहिले नै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।
Comments are closed.