Nepal's First Video FM

नेपालका लागि दिपेन्द्रसिंह र आरिफको उत्कृष्ट साझेदारी

443

चैत १, विश्वकप छनोट अन्तर्गत प्ले अफमा खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेलिरहेको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले आफ्ना दुबैजना ओपनिङ ब्याटसम्यानलाई सस्तैमा गुमाए । ओपनर ज्ञानेन्द्र मल्ल(१), अनिल साह(९) र कप्तान पारस खडका (२०) रनमा आउट भए ।

सुरुवातमा निकै खराब प्रदर्शन गरेको नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले राम्रो साझेदारी गर्दै खेलिरहेका छन् । ५२ रनको साझेदारी गरेको यो जोडीले २८ ओभरमा ९० रन बनाउँदै नेपाललाई जितको बाटोमा डोराएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.