Nepal's First Video FM

किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ? कारण के हो ?

277

काठमाडौँ । महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु ।

मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आश्चर्य र संशयको दृष्टिकोणले हेरेका छन् ।

ठाकुरले नेतृत्व गरेको दल जनता समाजवादी पार्टीमै ओलीलाई हेर्ने दृष्टिकोणमा धेरै ठूलो भिन्नता छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले ओलीलाई प्रतिगामी भनेर हटाउन हरसम्भव प्रयास गरिरहँदा ठाकुरले ओलीको साथ छाडेका छैनन् । बरु आफ्नो समर्थनलाई औपचारिकतामा परिणत गरिदिएका छन् ।

तीन दिन अगाडि मात्रै जसपाका दुई अध्यक्ष ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीमा एकताको सन्देश दिएका थिए । तर त्यो टिक्न सकेन ।

ठाकुरले ओलीलाई र यादवले विपक्षी गठबन्धनबाट प्रधानमन्त्री प्रस्तावित कांग्रेस नेता शेरबहादुर देउवालाई साथ दिएका छन् । सिंगो पार्टी विभाजनको अवस्थामा पुगिसक्दा पनि ठाकुरले ओलीको साथ नछाडेका हुन् ।

ओलीसँगै लागेका कारण मुखमै आएको प्रधानमन्त्री पदको अवसर उनले गुमाएको टिप्पणी पनि भइरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

You might also like

Comments are closed.